काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकामा आज संक्रमित पुष्टि भएका ४७ जना र हिजो क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवक भारतको मुम्बईबाट सँगै आएको भेटिएको छ।
३० वैशाखमा उनीहरू सबैलाई सीमा नाकाबाट सुरक्षाकर्मीले ल्याएर क्वारेन्टाइनमा राखेका थिए।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आज संक्रमित पुष्टि भएका ४७ जना नै भारतको महाराष्ट्रको मुम्बईबाट फर्किएका र ३० वैशाखमा क्वारेन्टाइनमा राखिएको बताए।
मृतक र आज संक्रमित भएकाहरू एकैसाथ मुम्बईबाट आएको ‘ट्राभल हिस्ट्री’ले देखिएको उनी बताउँछन्। सीमा नाकामा पुगेका अधिकांश मानिसलाई सोझै त्यहाँबाट ल्याएर नरैनापुर गाउँपालिकामा बनाइएका विभिन्न क्वारेन्टाइनमा राखिएको थियो।
भारतबाट आएका जति सबैलाई क्वारेन्टाइनमा राखिएपछि दुईदिन अघि त्यहाँ रहेका २६३ जनाको स्वाबको नमूना संकलन गरिएको थियो। “१९० जनाको नमूना परीक्षण गर्दा ४७ मा संक्रमण पाइएको छ”, सहायक प्रजिअ उपाध्यायले भने, “बाँकी ७३ जनाको नमूना परीक्षण भएर रिपोर्ट आएपछि उनीहरूमा संक्रमण छ वा छैन थाहा हुन्छ।”
हिजो मृत्यु भएका २५ वर्षीय युवक नरैनापुरकै दीपेन्द्र प्राविको क्वारेन्टाइनमा थिए। भारतको महाराष्ट्र राज्यको मुम्बई शहर कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ। मुम्बई शहरबाटै फर्किएका प्रदेश २ र प्रदेश ५ का परीक्षण गरेका सबै व्यक्तिहरूमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार नरैनापुर गाउँपालिकामा बनाइएका क्वारेन्टाइनमा भारतबाट आएका ४०० जनालाई क्वारेन्टाइनमा राखिएको छ।
उनीहरूमध्ये अधिकांश मुम्बईबाट नै आएका व्यक्तिहरू छन्।
यो पनि पढ्नुहोस्
बाँकेमा आज भेटिएका ४७ जना संक्रमित नै नरैनापुरका
" /> काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकामा आज संक्रमित पुष्टि भएका ४७ जना र हिजो क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवक भारतको मुम्बईबाट सँगै आएको भेटिएको छ।३० वैशाखमा उनीहरू सबैलाई सीमा नाकाबाट सुरक्षाकर्मीले ल्याएर क्वारेन्टाइनमा राखेका थिए।

">