काठमाडौं। कोरोना भाइरस संक्रमण परीक्षणका लागि पत्रकारसहित ७० जनाको स्वाबको नमूना संकलन गरिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले आज प्रेस काउन्सिल नेपाल, सञ्चारग्राममा पत्रकारहरूको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेको हो।
प्रेस काउन्सिल नेपालको आयोजनामा पोलिमर चेन रियाक्सन (पीसीआर) परीक्षणको लागि स्वाब संकलन भएको हो।
केही सञ्चारमाध्यका सम्पादक, फ्रन्टलाइनमा रहेर काम गरिरहेका फोटो पत्रकारलगायत प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पदाधिकारी सदस्य तथा कर्मचारी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित कर्मचारीको पनि स्वाब संकलन गरिएको छ।
यसैगरी, सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्मासहित कर्मचारी, न्युनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालसहित कर्मचारीसमेत ७० जनाको स्वाब संकलन गरिएको छ।
परीक्षणको नतिजा ७ जेठसम्म आउने बताइएको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमण परीक्षणका लागि पत्रकारसहित ७० जनाको स्वाबको नमूना संकलन गरिएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले आज प्रेस काउन्सिल नेपाल, सञ्चारग्राममा पत्रकारहरूको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेको हो।

">