काठमाडौं। आज कोरोना संक्रमण पुष्टि भएका गुल्मीका ४१ वर्षीय पुरुष रूपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत रहेको पुष्टि भएको छ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोटका ती पुरुष १ जेठमा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि रूपन्देही पुगेका थिए।
रूपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालको आईसीयूमा राखेर ती पुरुषको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले देखापढीलाई बताए।
“उच्च ज्वरो र रुघाखोकीको समस्या भएपछि उनलाई उपचारका लागि अस्पतालमा ल्याइएको रहेछ”, उनले भने, “स्वास्थ्य अवस्था गम्भीर छ।”
अस्पतालमा भर्ना भएदेखि नै उनलाई आईसीयूमा राखेर उपचार शुरू गरिएको हो। उनी गुल्मीकै एक सरकारी विद्यालयका शिक्षक हुन्।
अस्पतालमा उपचारका क्रममा देखिएको लक्षण कोरोनासँग मिल्दोजुल्दो पाइएपछि थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। परीक्षणका क्रममा आज ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो।
निजी अस्पतालको आईसीयूमा भर्ना गरिएका उनलाई बुटवलमा रहेको कोरोना अस्पतालमा लगेर उपचार गरिने तयारी भइरहेको छ।
अस्पतालमा उपचाररत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएको छ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र त्यहाँ रहेका बिरामी तथा उनीहरूका कुरुवामा पनि जोखिम देखिएको छ।
स्थानीय प्रशासनले उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम अघि बढाएको छ। अस्पताल क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
" /> काठमाडौं। आज कोरोना संक्रमण पुष्टि भएका गुल्मीका ४१ वर्षीय पुरुष रूपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत रहेको पुष्टि भएको छ।गुल्मीको मदाने गाउँपालिका पुर्कोटका ती पुरुष १ जेठमा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि रूपन्देही पुगेका थिए।

">