कतारमा आठ नेपालीले पाए क्षमादान <p>काठमाडौं। कतारका विभिन्न जेलमा रहेका आठ नेपालीले क्षमादान पाएका छन्।</p> <p>कतारका अमीर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महीना रमादानको अवसरमा उनीहरूलाई क्षमादान गरेका हुन्।</p> <p>विभिन्न अभियोगमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहेका उनीहरूलाई क्षमादान दिएसँगै जेलबाट रिहा हुने दोहास्थित नेपाली दूतावासले जनाएको छ।</p> <p>क्षमादान पाउनेहरूमा चारजना कुटपिट, दुईजना चोरी र दुईजना सवारीजन्य कसूरमा सजाय भुक्तान गरिरहेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्