काठमाडौं। धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलिदेखि ओपीडी सेवा पुन: सञ्चालनमा आउने भएको छ।
कोरोना भाइरस (कोभिड-१९) को विश्वप्यापी महामारीको कारणले बन्द रहेको प्रष्ठिानको ओपीडी उपकुलपतिको निर्देशन अनुसार पुन:सञ्चालन हुन लागेको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।
संक्रमण एक-अर्कामा नफैलियोस् भन्ने उद्देश्यले सामाजिक दूरी कायम राख्दै उपचार सेवा दिने जनाइएको छ।
प्रत्येक विभागको लागि बिरामी संख्या सीमित राखि प्रतिष्ठानको मुख्यगेटबाटै बिरामीलाई टोकन वितरण गर्ने र सोही टोकनको आधारमा बिरामी दर्ता तथा ओपीडी कार्ड उपलब्ध गराइनेछ।
प्रत्येक बिरामी र भिजिटरले प्रतिष्ठान प्रवेश गर्दा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने अस्पतालका निर्देशक प्रा.डा. गौरी शंकर शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौं। धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलिदेखि ओपीडी सेवा पुन: सञ्चालनमा आउने भएको छ।कोरोना भाइरस (कोभिड-१९) को विश्वप्यापी महामारीको कारणले बन्द रहेको प्रष्ठिानको ओपीडी उपकुलपतिको निर्देशन अनुसार पुन:सञ्चालन हुन लागेको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।

">