मुम्बईबाट पलिया पुग्न एकजना व्यक्तिले साढे सात हजार भारतीय रूपैयाँ गाडीभाडा तिरेको बताएका छन्।
डडेल्धुराका भवानी साउँदले यहाँ रहेका नेपालीहरूले नै दलाली गरिरहेको बताए। उनले नेपाल फर्कन चाहनेहरूबाट नेपालीहरूले नै चर्को भाडा असुल्ने गरेकाे बताए।
“यहाँ बसौं न काम छ न खान नै पाइन्छ, जाउँ भने साधन छैन, बाध्य भएर चर्को भाडा तिरेर भए पनि नेपाल फर्केका हौँ”, उनले भने।
तर, नेपालको सीमामा पुगेर फेरि अलपत्र परेको साउँदकाे भनाइ छ। उनले नेपाल सरकारसँग आफूहरूको उद्धार गर्न आग्रह गरे।
हिजो प्रहरीले गौरीफन्टाबाट फिर्ता पठाएका १०२ जनासहित पलियामा यतिबेला अलपत्र परेका नेपालीहरूको संख्या ४०० भन्दा बढी रहेकाे अनुमान गरिएको छ। उनीहरूलाई म्यारिज हल र विद्यालयमा राखिएको छ।
.jpg)
भारतीय प्रहरीले उनीहरूकाे नामावली संकलन गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले भने संघीय सरकारको अनुमतिबिना उनीहरूलाई नेपाल प्रवेश गर्न दिने अवस्था नरहेको बताएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले उनीहरूको स्वास्थ्य जाँचका लागि किट र उनीहरूलाई राख्ने क्वारेन्टाइनको व्यवस्था नभएकाले तत्काल नेपाल भित्र्याउन सक्ने अवस्था नरहेको बताएका छन्। उनले २ र ३ जेठमा नेपाल भित्र्याएकाहरूको समेत व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा थप आउनेलाई व्यवस्थापन गर्न नसकिने बताए।
" />

">