लकडाउनमा धुर्मुस-सुन्तलीको ‘लिपुलेक’
काठमाडौं। हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लकडाउनका कारण घरमै छन्।

घरबाटै उनीहरू विभिन्न सचेतनामूलक भिडिओ सार्वजनिक गरिरहेका छन्। व्यंगात्मक शैलीमा बनाइएका भिडिओलाई धेरैले मन पराइरहेका छन्।

कहिले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले गरिरहेको कामसँगै पीडालाई भिडिओमार्फत् उनीहरूले देखाइरहेका छन् भने कहिले राहत नपाएका मजदुरको दुःख बोलिरहेका छन्।

यहीबीच उनीहरूले भारतले लिपुलेकमा सडक बनाएको विषयलाई लिएर भिडिओ बनाएका छन्।

भिडिओमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर, नेपालका नेताहरूले कुनै पनि कदम चाल्न नसकेको कुरा देखाउन खाेजिएकाे छ।

सुदीप बरालको छायांकन र सम्पादनमा तयार भएको भिडिओमा धुर्मुसको दुई अवतार देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्