सुर्खत। कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँबाट अलपत्र परी कर्णाली प्रदेश प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी) लगायत सुरक्षा निकायका प्रमुखहरूको टोलीले स्क्रिनिङ सेन्टर स्थापनाका लागि बबई र छिन्चुमा अवलोकन गरेको थियो।

दुवै ठाउँको अवलोकनपश्चात् स्क्रिनिङ सेन्टर स्थापनाका लागि छिन्चु चयन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिए।

“भारतलगायत विभिन्न स्थानमा अलपत्र परी कर्णाली प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्ने र अर्को व्यवस्था नहुञ्जेलसम्म जाेखिम न्यूनीकरण गर्ने प्रयोजनका लागि स्क्रिनिङ सेन्टर स्थापना गर्न थालिएको हो”, उनले भने, “यसो गर्न सकिएमात्र कर्णालीमा हुने कोरोना संक्रमणको उच्च जोखिमबाट बच्न सकिन्छ।”

प्रदेश तथा प्रदेशवासी दुवैका लागि स्क्रिनिङ सेन्टर आवश्यक रहेको उनको भनाइ थियो।

सामाजिक विकासमन्त्री दल रावलले पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको र कर्णाली प्रदेशमा भारतलगायतका विभिन्न ठाउँबाट नागरिक आउन क्रम बढेकाले प्रदेश सरकार उच्च सतर्कताका साथ लागेको बताए। उनले भने, “विशेषगरी अहिले भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकलाई उच्च निगरानीमा राखेर जाँच कार्यलाई सघनरूपमा अगाडि बढाउनेतर्फ केन्द्रित छौं। त्यसपछि मात्र उनीहरूलाई प्रदेश तथा स्थानीय सरकारको समन्वयमा व्यवस्थापन गर्छौं।”

यससँगै बाहिरबाट आउनेलाई आरडीटी, पीसीआर परीक्षण गर्ने र जतिसक्दो बढी संख्यामा क्वारेन्टाइन, आइसोलेसन, आईसीयू, भेन्टिलेटरको तयारी र स्वास्थ्य जनशक्ति विस्तार तथा व्यवस्थापनमा लागेको प्रदेश सरकारले जनाएको छ। रासस

" /> सुर्खत। कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँबाट अलपत्र परी कर्णाली प्रदेश प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी) लगायत सुरक्षा निकायका प्रमुखहरूको टोलीले स्क्रिनिङ सेन्टर स्थापनाका लागि बबई र छिन्चुमा अवलोकन गरेको थियो।

दुवै ठाउँको अवलोकनपश्चात् स्क्रिनिङ सेन्टर स्थापनाका लागि छिन्चु चयन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिए।

“भारतलगायत विभिन्न स्थानमा अलपत्र परी कर्णाली प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्ने र अर्को व्यवस्था नहुञ्जेलसम्म जाेखिम न्यूनीकरण गर्ने प्रयोजनका लागि स्क्रिनिङ सेन्टर स्थापना गर्न थालिएको हो”, उनले भने, “यसो गर्न सकिएमात्र कर्णालीमा हुने कोरोना संक्रमणको उच्च जोखिमबाट बच्न सकिन्छ।”

प्रदेश तथा प्रदेशवासी दुवैका लागि स्क्रिनिङ सेन्टर आवश्यक रहेको उनको भनाइ थियो।

सामाजिक विकासमन्त्री दल रावलले पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको र कर्णाली प्रदेशमा भारतलगायतका विभिन्न ठाउँबाट नागरिक आउन क्रम बढेकाले प्रदेश सरकार उच्च सतर्कताका साथ लागेको बताए। उनले भने, “विशेषगरी अहिले भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकलाई उच्च निगरानीमा राखेर जाँच कार्यलाई सघनरूपमा अगाडि बढाउनेतर्फ केन्द्रित छौं। त्यसपछि मात्र उनीहरूलाई प्रदेश तथा स्थानीय सरकारको समन्वयमा व्यवस्थापन गर्छौं।”

यससँगै बाहिरबाट आउनेलाई आरडीटी, पीसीआर परीक्षण गर्ने र जतिसक्दो बढी संख्यामा क्वारेन्टाइन, आइसोलेसन, आईसीयू, भेन्टिलेटरको तयारी र स्वास्थ्य जनशक्ति विस्तार तथा व्यवस्थापनमा लागेको प्रदेश सरकारले जनाएको छ। रासस

"> काेराेना परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गरिने: Dekhapadhi
काेराेना परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गरिने
सुर्खत। कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँबाट अलपत्र परी कर्णाली प्रदेश प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी) लगायत सुरक्षा निकायका प्रमुखहरूको टोलीले स्क्रिनिङ सेन्टर स्थापनाका लागि बबई र छिन्चुमा अवलोकन गरेको थियो।

दुवै ठाउँको अवलोकनपश्चात् स्क्रिनिङ सेन्टर स्थापनाका लागि छिन्चु चयन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिए।

“भारतलगायत विभिन्न स्थानमा अलपत्र परी कर्णाली प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्ने र अर्को व्यवस्था नहुञ्जेलसम्म जाेखिम न्यूनीकरण गर्ने प्रयोजनका लागि स्क्रिनिङ सेन्टर स्थापना गर्न थालिएको हो”, उनले भने, “यसो गर्न सकिएमात्र कर्णालीमा हुने कोरोना संक्रमणको उच्च जोखिमबाट बच्न सकिन्छ।”

प्रदेश तथा प्रदेशवासी दुवैका लागि स्क्रिनिङ सेन्टर आवश्यक रहेको उनको भनाइ थियो।

सामाजिक विकासमन्त्री दल रावलले पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको र कर्णाली प्रदेशमा भारतलगायतका विभिन्न ठाउँबाट नागरिक आउन क्रम बढेकाले प्रदेश सरकार उच्च सतर्कताका साथ लागेको बताए। उनले भने, “विशेषगरी अहिले भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकलाई उच्च निगरानीमा राखेर जाँच कार्यलाई सघनरूपमा अगाडि बढाउनेतर्फ केन्द्रित छौं। त्यसपछि मात्र उनीहरूलाई प्रदेश तथा स्थानीय सरकारको समन्वयमा व्यवस्थापन गर्छौं।”

यससँगै बाहिरबाट आउनेलाई आरडीटी, पीसीआर परीक्षण गर्ने र जतिसक्दो बढी संख्यामा क्वारेन्टाइन, आइसोलेसन, आईसीयू, भेन्टिलेटरको तयारी र स्वास्थ्य जनशक्ति विस्तार तथा व्यवस्थापनमा लागेको प्रदेश सरकारले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्