कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले उद्धार गरी भारतको सीमावर्ती क्षेत्रबाट भित्र्याएका विभिन्न ४ जिल्लाका १७ जना नागरिक अलपत्र परेका छन्।
सम्बन्धित जिल्लाले वेवास्ता गर्दा उनीहरू धनगढीमै अलपत्र परेका हुन् । अलपत्र पर्नेमा काठमाडौंका ४, डोटीका ७, अछामका १ र बाजुराका ५ जना रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले सम्बन्धित जिल्ला र प्रदेश सरकारले वेवास्ता गर्दा उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या भएको बताए।
२ र ३ जेठमा भारतबाट ७५८ जनालाई उद्धार गरिएको थियो।
उनीहरू सबैको सीमामा नै आरडीटी जाँच गरी केहीलाई सम्बन्धित स्थानीय तहले लगेका थिए भने बाँकी रहेकोलाई धनगढी उपमहानगरपालिकाले खानाको व्यवस्थापन गर्दै क्वारेन्टाइन राखेको थियो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले उपमहानगरपालिकाले मात्रै क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या भएको बताउँदै प्रदेश सरकारले समेत सहयोग गर्नु पर्ने बताए।
उनले भारतसँग सीमा जोडिएका कारण धनगढी उपमहानगरपालिकाको मात्रै जिम्मेवारी भएको जस्तो सोंच प्रदेश सरकारले राखेका कारण व्यवस्थापनमा समस्या आउने गरेको गुनासो पोखे।
भारतबाट उद्धार गरिएका विभिन्न जिल्लाका ११८ जनालाई भने जिल्ला प्रशासन कार्यालयको समन्वयमा धनगढीका विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा ४ जेठमा सम्बन्धित जिल्ला पठाइएको छ।
त्यसैगरी, भारतमा रहेका नेपालीहरूको उद्धार भइरहेको सुनेपछि भारतका विभिन्न शहरबाट गौरिफन्टा सीमामा पुगेका २०० भन्दा बढी नेपालीलाई पलिया क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता जोशीले बताए।
" /> कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले उद्धार गरी भारतको सीमावर्ती क्षेत्रबाट भित्र्याएका विभिन्न ४ जिल्लाका १७ जना नागरिक अलपत्र परेका छन्।सम्बन्धित जिल्लाले वेवास्ता गर्दा उनीहरू धनगढीमै अलपत्र परेका हुन् । अलपत्र पर्नेमा काठमाडौंका ४, डोटीका ७, अछामका १ र बाजुराका ५ जना रहेका छन् ।

">