कोरोना संक्रमणबाट मृत्यु भएका बाँकेका युवकको शव डोजरको बकेटमा !
बाँके। कोराना भाइरसकाे संक्रमणबाट मृत्यु भएका दोस्रो व्यक्तिको ४ जेठमा अन्तिम संस्कार गरियो।
बाँकेको नरैनापुर गाउँपालिका-५, नयाँवस्तीका २५ वर्षीय युवकको हिजाे, ४ वैशाख राति साढे ९ बजे राप्ती नदी किनारमा लगेर गाडिएको थियो।
तर, उनको शव बाेक्नका लागि भने डोजर प्रयाेग गरिएकाे थियाे।
कुनै पनि एम्बुलेन्स वा शववाहनले उनको शव बोक्न नमानेपछि डोजरको बकेटमा हालिएकाे थियाे।
उनको शव व्यवस्थापन गर्ने सातजनाको टोलीले पीपीईलगायत सुरक्षित स्वास्थ्य सामग्री लगाएका थिए।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले डोजरको बकेटमा लगेर शव गाडिएको बताए।
भगवानपुरको क्वारेन्टाइन खुल्ला ठाउँ र राप्ती नदीको किनारमा भएकाले त्यो समयमा अन्य साधनको व्यवस्थापन गर्न नसकिएकाले डोजरबाटै उठाएर शव लगिएको उनको भनाइ छ।
नेपालगञ्जबाट एम्बुलेन्स वा शववाहन आउन नमानेपछि विकल्पमा डोजरको प्रयोग गरिएको उनले बताए।
सात फिट गहिरो खाडल खनेर शव गाडिएको उनको भनाइ छ। उनीहरूको धार्मिक संस्कारअनुसार नै शव खाडलमा गाडिएको वडाध्यक्ष मौर्यले बताए।
उनका अनुसार संक्रमित युवक बसेकाे दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टाइनमा औषधि छर्किएको र क्वारेन्टाइन पूरै खाली गरिएको छ। त्यहाँ रहेका थप ३८ जनालाई वडा नम्बर ६ को जयकिसान माविको क्वारेन्टाइनमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्