रंगशालामा ‘सेक्स डल’ राखेको आरोप लागेपछि एफसी सियोलले माग्यो माफी
काठमाडौं। हिजाे खाली रंगशालामा भएकाे खेलका क्रममा रंगशालाकाे सिटमा ‘सेक्स डल’ राखेको आरोप लागेपछि दक्षिण कोरियाको व्यावसायिक फुटबल क्लब एफसी सियोलले माफी मागेको छ।

दर्शकको झल्को दिने गरी राखिएको मानिसको कृत्रिम डलले विवादमा सिर्जना गरेपछि एफसी सियोलले पश्चाताप लागेको बताएको छ। तर, क्लबले रंगशालामा दर्शकको झल्काे दिन राखिएको मानिसको पुत्ला ‘सेक्स डल’ नभएको दाबी गरेको छ। ग्वाङ्जु एफसीविरुद्धको खेलमा एफसी सियोलले १-० को विजय हासिल गरेको छ।

कोरोना भाइरसका कारण एक साताभन्दा लामो समयको ढिलाइपछि दक्षिण कोरियाको के लिग ८ मेबाट शुरू भएको थियो। त्यसको एक दिनअघि व्यावसायिक बेसबेल पनि शुरू भएको थियो। कोरियाको लिगमा कोरोना भाइरस संक्रमणको जोखिम कम नहुँदासम्म रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ।

एफसी सियोलले मनोरञ्जनका लागि मात्र कृत्रिम पुत्ला रंगशालामा राखिएको जनाएको छ। मानिसको डल उत्पादन कम्पनी डल्कमले बारम्बर सोध्दा पनि यौन सामग्री होइन भनेर विश्वास दिलाएको क्लबले जनाएको छ।

तर, उत्पादक कम्पनी डल्कमले अर्को एक कम्पनीलाई पनि यही सामग्री पठाएको र उक्त कम्पनीले त्यसलाई ‘सेक्स डल’का रूपमा प्रयोग गरी भिडिओ बनाएको एफसी सियोलले जनाएको छ।

एफसी सियोलको विज्ञप्तिमा कृत्रिम डलका लागि किन डल्कमलाई नै छनोट गरिएको र रंगशालामा राखिएको सबै कृत्रिम डल महिला हुनुको कारणबारे केही सम्बोधन गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्