जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र आचार्यका अनुसार गत वर्ष एक करोड ८० लाख पुस्तक छापिएको थियो । यस वर्षका लागि पनि त्यति नै पुस्तक छापिइसकेको छ । तर, आवश्यक परे प्रयोग गर्नका लागि थप पुस्तक छपाइको काम भइसकेको आचार्य बताउँछन् ।
“चैत मसान्तभित्र पुस्तक छपाइको काम सकेर वैशाख पहिलो सातासम्म पुस्तक विक्रेताकहाँ पुर्याउनुपर्ने हो, तर लकडाउनको कारणले पुस्तक छपाइको काम सुस्त भयो, तैपनि आवश्यक पुस्तक छापिसकेका छौँ,” उनले भने, “पोहोर एक करोड ८० लाख पुस्तक छापेको हो, त्यति छापिसक्यौँ, अलि बढी छाप्दैछौँ । दुई करोड छाप्छौँ ।”
लकडाउनका बीच पनि जनक शिक्षा सामग्री केन्द्रकै कर्मचारीहरूले सुरक्षा अपनाएर दैनिक एक लाख ५० हजारको हाराहारीमा पुस्तक छापिरहेको आचार्यले जानकारी दिए ।
सरकारले माध्यमिक तहसम्मको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने दायित्वअन्तर्गत् त्यसको रकम सम्बन्धित स्थानीय तहमा निकासा गर्छ भने पाठ्यपुस्तक उत्पादन र वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र तथा निजी क्षेत्रका मुद्रणलाई जिम्मेवारी दिइएको छ । सरकारले आधारभूत तहको पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी रंगीन पाठ्यपुस्तक छपाइ गर्न दिएको निर्देशनबमोजिम ‘उड फ्री’ कागजमा रंगीन पाठ्यपुस्तक छापिएको छ ।
प्रवक्ता चित्र आचार्यका अनुसार केन्द्रले अत्याधुनिक छपाइ गर्ने दुई वेब मेशिन र एक जापानी मेशिन खरिद गरेको छ । उक्त मेशिनले दु्रत गतिमा छपाइ गरिरहेको उनले जनाए ।
जनक शिक्षा सामग्री केन्द्रले पुस्तक वितरण पनि थालिसकेको छ । केन्द्रको देशभरी नौवटा कार्यालय र ११ सय विक्रेता छन् । पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरणका लागि केन्द्रका नौ कार्यालयका गोदाममा भण्डारण गरिएको छ । सबै कार्यालयले लकडाउनकै बीचमा पनि पुस्तकको ढुवानी गरेका थिए । त्यसैले लकडाउनपछि पुस्तक सजिलै पाइने आचार्यको दाबी छ ।
“लकडाउनले गर्दा सजिलो छैन, तर पनि हामीकहाँबाट नौवटै कार्यालयले पुस्तक लिइसकेका छन्, लकडाउन सकिएपछि पुस्तक सबैतिर पुग्ने आशा लिएका छौँ,” उनले भने ।
६५ वर्षदेखि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
" />

">