नागढुंगामा दुर्व्यवहार गर्नेविरुद्ध डा. कार्कीले दिए प्रहरीमा जाहेरी
काठमाडौं। हेटौंडाबाट काठमाडौं आउँदै गर्दा नागढुंगामा रोकेर आफूमाथि दुर्व्यवहार गर्ने युवकविरुद्ध वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले आज किटानी जाहेरी दिएका छन्।
उनीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्की नामक युवकलाई हिजो प्रहरीले पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार गुण्डागर्दी शैलीमा गैरजिम्मेवार तरिकाले प्रहरीकै अगाडि आफूमाथि दुर्व्यवहार गरिएको डा. कार्कीको जाहेरीमा उल्लेख छ।
कार्कीले आफूलाई मानसिक यातना दिएको पनि डा. कार्कीले आफ्नो जाहेरीमा उल्लेख गरेका छन्।
कार्यालयकै कामले काठमाडौं आइरहेका निर्देशक डा. कार्कीलाई नागढुंगामा रोकेर खानतलासी र अभद्र व्यवहार गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्