भारतमा एकै दिन पाँच हजार २४२ कोरोना संक्रमित थपिए

नयाँदिल्ली। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टाभित्रमा कोभिड-१९ का पाँच हजार दुई सय ४२ नयाँ बिरामी थपिएका छन्।

यससँगै भारतमा कोरोना भाइरसका संक्रमित ९६ हजार एक सय ६९ जना पुगेका छन्।

भारतमा एकै दिन कोभिड-१९ का बिरामीको उक्त संख्या हालसम्मको सर्वाधिक भएको अधिकारीहरूले बताएका छन्।

पछिल्लो २४ घण्टामा एक सय ५७ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। र, मृतक संख्या तीन हजार २९ पुगेको छ।

भारतमा कोभिड-१९ का ३६ हजार आठ सय २३ बिरामी पूर्ण रूपमा निको भएका छन्।

भारतको महाराष्‍ट्रमा सबैभन्दा बढी ३३ हजार ५३ जनामा संक्रमण देखिएको छ भने एक हजार एक सय ९८ जनाको मृत्यु भएको छ।

यस्तै, गुजरातमा ११ हजार तीन सय ७९ संक्रमित र ६ सय ५९ को मृत्यु, तमिलनाडुमा ११ हजार दुई सय २४ लाई संक्रमण र ७८ को मृत्यु, दिल्लीमा १० हजार ५४ मा संक्रमण र एक सय ६० को मृत्यु तथा राजस्थानमा पाँच हजार दुई सय दुई जनामा संक्रमण र एक सय ३१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्