ललितपुरको महाँकालमा १० जेठसम्म सबै सवारीसाधन बन्द
ललितपुर। दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले आजदेखि १० जेठसम्म दुई पाङ्ग्रे सवारीसाधनसमेत सञ्चालनमा रोक लगाएको छ।
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सावधानी स्वरूप उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
अत्यावश्यक सेवाका पसलहरू भने बिहान ६ देखि दिउँसो ११ बजेसम्म खुल्न पाउने र होटल पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ।
गाउँपालिकामा बाहिरबाट आउने व्यक्तिको नाका तथा वडाबाट निगरानी गर्ने/गराउने र अत्यावश्यक कामबाहेक गाउँपालिकाबाट अन्य स्थानीय तह जान नपाउने नियम लागू गरिएको छ। रासस
प्रतिक्रिया दिनुहोस्