कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको नवजात शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

काठमाडौं। कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशु र परिवारका अन्य सदस्यहरूको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताए।

२९ वर्षीया महिलाको कोरोना संक्रमणका कारणले मृत्यु भएपछि नवजात शिशुसहित चारजनाको नमूना संकलन गरिएको थियो।

प्रवक्ता ताम्राकारले रिपोर्ट नेगेटिभ आएसँगै उनीहरूलाई स्थानीय तहको क्वारेन्टाइनमा पठाइने जानकारी दिए।

महिलाको मृत्यु भएपछि उनीहरू सबैलाई धुखिले अस्पतालको आइसोलेसनमा राखिएको थियो।

१ जेठमा सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि उनको मृत्यु कोरोना संक्रमणका कारणले भएको पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्