क्यानडेली एअरफोर्सको जहाज घरमा खस्यो
<p>ओटावा। क्यानडेली एअरफोर्सको लडाकु जहाज आवासीय क्षेत्रमा खस्दा एकजनाको मृत्यु भएको छ।</p>
<p>हवाई प्रदर्शनका क्रममा उक्त जहाज घरमा खस्‍न पुगेको हो। घटनामा अर्का क्रु मेम्बर घाइते भएका छन्।</p>
<p>ब्रिटिस कोलम्बिया राज्यको कम्लुस शहर नजिक उक्त घटना भएको हो। जहाज खस्न थालेपछि एक पाइलट भने प्यारासुटमा हाम फाल्न सफल भएका थिए।</p>
<p>कोभिड-१९ महामारीविरुद्ध फ्रन्टलाइनमा खटिरहेकाहरूको सम्मानमा उक्त एअर सो आयोजना गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
