बाराका संक्रमित स्थानीय एफएममा कार्यरत पत्रकार <p>काठमाडौं। बाराको करैयामाई गाउँपालिका-५ का ३८ वर्षीय संक्रमित व्यक्ति सञ्&zwj;चारकर्मी रहेको पुष्टि भएको छ।</p> <p>राष्&zwj;ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो।</p> <p>बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आज संक्रमण पुष्टि भएका व्यक्ति स्थानीय एफएममा कार्यरत पत्रकार रहेको जानकारी दिए।</p> <p>समाचार संकलनका क्रममा हिँडडुल गरिरहने उनमा कहाँबाट संक्रमण भयो भन्&zwj;ने पुष्टि भइसकेको छैन। यसअघि उदयपुरमा एक, पर्सामा २ र जनकपुरमा एकजना पत्रकारलाई संक्रमण पुष्टि भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्