विराटनगरका दुई संक्रमित सफाइ कर्मचारी र माछा व्यापारी
विराटनगर। विराटनगरमा हिजो, ४ जेठमा दुई जना कोरोना संक्रमित भेटिएपछि आज बिहानैदेखि विराटनगर र आसपासको क्षेत्रमा लकडाउनलाई कडा पारिएको छ।
कोशी राजमार्ग र भित्री सडक तथा गल्लीहरूमा पनि सुरक्षाकर्मीको गस्ती बढाइएको छ।
लकडाउन केही खुकुलो बनाइएपनि संक्रमित फेला परेसँगै कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए।
राईका अनुसार यसअघिका सवारी पास पनि खारेज गरिएको छ। औषधि पसल, पानी र दूधपसल मात्र खुला गरिएको छ।
हिजो विराटनगर-१५ हडतालीहाट क्षेत्रका ३५ वर्षका पुरुष र विराटनगर-६ का २९ वर्षीया महिलामा कोभिड-१९ देखिएको थियो।
पुरुष विराटनगर महानगरपालिकाका सफाइ कर्मचारी र महिला भने माछा व्यापारी रहेको बताइएको छ।
ती महिला केही दिन अगाडि भारतबाट नेपाल फर्केकी हुन्।
स्थानीय प्रशासनले संक्रमण देखिएपछि ती दुई क्षेत्र 'सिल' गर्ने  निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्