पेस्तोल र गोलीसहित धनुषामा दुईजना पक्राउ

धनुषा। प्रहरीले धनुषामा हतियारसहित दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट कमला नगरपालिका-८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिलकुमार साहलाई पक्राउ गरिएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज. १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियार फेला परेको बताए।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान बरामद भएको जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्