अमेरिकामा संक्रमण तीव्र गतिमा घट्योः ट्रम्प <p>वासिङ्टन। अमेरिकी राष्&zwj;ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा घटिरहेको दाबी गरेका छन्।</p> <p>पछिल्लो पटक गरेको ट्विटमा उनले यस्तो दाबी गरेका हुन्। उनले केही क्षेत्रमा भने कोभिड-१९ को महामारी अझै ठूलो समस्याका रूपमा रहेको स्वीकारे।</p> <p>अमेरिकाकै जोन हकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १४ लाख ८६ हजार तीन सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ। तीमध्ये ८९ हजार पाँच सय ४९ जनाले हालसम्म ज्यान गुमाइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्