काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट मृत्यु हुने गैरआवासीय नेपालीहरूको संख्या ९६ पुगेको छ।
मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले ३ जेठसम्म संकलन गरेको तथ्यांकअनुसार सबभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपाली १५ जना छन्।
संयुक्त अरब इमिरेटस् (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको समितिका संयोजक डा. संजिव सापकोटाले बताए।
यस्तै, नेपाल बाहेक विश्वभर छ हजार ७८१ गैरआवासीय नेपालीहरू संक्रमित भएका छन्।
ती मध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, यूरोपमा १९, एशियामा ५, प्रतिशत संक्रमित छन्।
अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरूमा संक्रमण छैन।
एनआरएनएका अनुसार कतारमा दुई हजार ५०० सय, अमेरिका एक हजार ६००, युकेमा एक हजार २२१, बहराइनमा ३११, युएईमा २००, कुवेतमा ८४, साउदी अरबमा ६७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२ संक्रमित फेला परेका छन्।
त्यस्तै स्पेनमा १३, क्यानाडामा १३, अष्ट्रेलियाा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्वीजरल्याण्ड ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साईप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना नेपालीमा कोभिड-१९ पुष्टि भएको छ।
" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट मृत्यु हुने गैरआवासीय नेपालीहरूको संख्या ९६ पुगेको छ।मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन्।

">