काठमाडौं। कोभिड–१९ बाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको नवजात शिशुलाई अहिले धुलिखेल अस्पतालमा आइसोलेसनमा छ।
२४ वैशाख बिहान त्रिवि शिक्षण अस्पतालमा अवधि नपुग्दै जन्मिएको शिशुले नवौं दिनमै आमाको काख गुमाए।
आज १२ औं दिन पूरा गरेका उनको हेरचाह अहिले अस्पतालमा हजुरआमाले गर्दै आएकी छन्। नवजात शिशु र हजुरआमा दुवैलाई आजै आइसोलेसनमा राखिएको हो।
धुलिखेल अस्पतालको कोरोना परीक्षण विभागका सूचना अधिकारी डा. सरोज ताम्राकारले बच्चाको स्वास्थ्य सामान्य नै रहेको बताए।
यद्यपी, उनका अनुसार बच्चामा जण्डिस भने देखिएको छ।
“नवजात शिशुमा सामान्यतया जण्डिस देखा पर्न सक्छ। यी शिशुमा पनि देखा परेको छ,” उनले भने, “शिशु महीना नपुगेरै जन्मिएको हुनाले पनि यसमा झन अलि देखा पर्न सक्छ।”
मृतकका परिवारलाई नै आइसोलेसनमा राखिएको र बच्चाको हेरचाहको जिम्मा पनि उनीहरूलाई नै दिइएको डा. ताम्राकारले बताए।
अस्पतालको आइसोलेसनमा मृतकका श्रीमान, नन्द र सासु छन्। उनीहरू बिरामीसँगै १ जेठमा सिन्धुपाल्चोकको बाह्रविसेस्थित राम्चेबाट आएका थिए।
“उनीहरूलाई मास्क, ग्लोब्स् लगाई सुरक्षाको सबै विधि अपनाएर बच्चाको स्याहार गर्न दिएका छौं”, ताम्राकारले भने।
अस्पतालले नवजात शिशुसहित सबैको स्वाब संकलन गरेर हिजो, ३ जेठमै कोरोना परीक्षणका लागि पठाएको छ। भोलि, ५ जेठसम्ममा प्रयोगशालाको रिपोर्ट आउने ताम्राकारले बताए।
शिशुका बाबुले पनि उनको अवस्था सामान्य रहेको बताए।
शिशुलाई आमाको दूधको सट्टा ल्याक्टोजिन खुवाइएको छ। उनीहरूले ११ वर्षीय अर्को छोरालाई भने राम्चेस्थित घरमै छाडेर आएका थिए।
" /> काठमाडौं। कोभिड–१९ बाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको नवजात शिशुलाई अहिले धुलिखेल अस्पतालमा आइसोलेसनमा छ।२४ वैशाख बिहान त्रिवि शिक्षण अस्पतालमा अवधि नपुग्दै जन्मिएको शिशुले नवौं दिनमै आमाको काख गुमाए।

">