सैनिक पोशाक दुरूपयोग गर्ने पक्राउ
काठमाडौं। सैनिक पोशाक दुरूपयोग गर्ने एकजना पक्राउ परेका छन्।

लकडाउनका बेला सैनिक पोशाक लगाएर सवारीसाधन चलाइरहेको अवस्थामा दोलखाका सुशील खड्कालाई पक्राउ गरिएको हो।

बाँसबारी क्षेत्रमा होटल सञ्चालन गर्दै आएका खड्कालाई बाँसबारी जाने क्रममा पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार खड्का सैन्य आधार तालिममा रहँदा २०६८ सालका भगौडा रहेको खुलेको छ।

उनलाई सैनिक प्रहरी गणमा राखी कारबाही अघि बढाइएको सेनाले जनाएको छ।

नेपाली सेनाले उपत्यकाभित्रका विभिन्न स्थानमा ट्राफिक प्रहरीसँगको समन्वयमा सैनिक सवारीसाधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरूको जाँच गरेको थियो।

प्रतिक्रिया दिनुहोस्