बाँके। बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा कोरोना संक्रमणबाट मृत्यु भएका युवकको आज अन्त्येष्टि गरिएको छ।
सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका-५ का २५ वर्षीय संक्रमित युवककाे शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।
उनका अनुसार शव परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्परानुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरेकाे हो।
भारत, महाराष्ट्र मुम्बईबाट ३० वैशाखमा बाँके आएलगत्तै नरैनापुर-५, मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका ती युवकको आज बिहान ४ बजेतिर दुईपटक वान्ता गरेको केही समयपछि मृत्यु भएको थियो।
हिजाे, ३ वैशाखमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आज अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। पीसीआर रिपोर्ट नआउँदासम्म आज दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो।
कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएपछि आजै बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले स्थानीय वासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थान क्वारेन्टाइनदेखि करीब तीन किलाेमिटरको दूरीमा रहेको शव दहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय भएअनुसार अन्त्येष्टि गरिएको हो।
संक्रमित व्यक्तिको सम्पर्कमा रहेको आधारमा नरैनापुरका विभिन्न क्वारेन्टाइनबाट हिजाे २६३ जनाको स्वाब संकलन गरिएको थियो। संकलित स्वाबको पीसीआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएकाे थियाे।
प्राथमिकताका साथ आज उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि मन्त्रालयमार्फत् सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए। रासस
" /> बाँके। बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा कोरोना संक्रमणबाट मृत्यु भएका युवकको आज अन्त्येष्टि गरिएको छ।सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका-५ का २५ वर्षीय संक्रमित युवककाे शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

">