काठमाडौं। कपिलवस्तुमा क्वारेन्टाइनबाट भागेका ४५ जनालाई नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखिएको छ।
भारतबाट आएर कपिलवस्तुको यशोधरा गाउँपालिका- ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना भागेका थिए।
उनीहरूलाई नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले देखापढीलाई बताए ।
भारत र अन्यत्रबाट आएका सबैलाई क्वारेन्टाइनमा नराखेको तथा क्वारेन्टाइनमा खाना राम्रो भनएको भन्दै उनीहरू २ र ३ जेठ राति क्वारेन्टाइनबाट भागेर घर फर्किएका थिए।
यशोधरा गाउँपालिका- ८ खोरियास्थित् सरस्वती प्राविको क्वारेन्टाइनबाट भागेका ३० जना र राष्ट्रिय निमाबि सिंहखोरबाट भागेका १५ जनालाई नै पुन: क्वारेन्टाइनमा राखिएको प्रजिअ पाैडेलले बताए।
कपिलवस्तुमा संक्रमितको संख्या ४२ पुगेको भने यशोधरा गाउँपालिकाका मात्र १२ संक्रमित छन्। यसमा वडा नम्बर ८ मा मात्रै पाँच जनामा संक्रमण पुष्टि भएको छ।
" /> काठमाडौं। कपिलवस्तुमा क्वारेन्टाइनबाट भागेका ४५ जनालाई नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखिएको छ।

">