भारतबाट उद्धार गरिएका ११८ जनालाई सम्बन्धित जिल्ला पठाइयाे
कैलाली। भारतबाट उद्धार गरिएका विभिन्न जिल्लाका ११८ जनालाई आज धनगढीबाट सम्बन्धित जिल्लामा पठाइएको छ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा धनगढीका सामाजिक संघसंस्था र व्यवसायीको सहयोगमा सम्बन्धित जिल्ला जाने व्यवस्था गरिएको हो।

मध्य तराई हुँदै झापासम्म जाने ५० जना नेपालीका लागि झापा पुर्ख्यौली घर भएका उद्योगपति श्याम तायलले बसको व्यवस्था गरेका थिए।

मारवाडी सेवा समिति धनगढीले धनगढीबाट दाङ हुँदै पोखरासम्म जाने ४१ जनाका लागि बसको व्यवस्था गरेकाे थियाे।

त्यस्तै बैतडीका २९ जनालाई त्यहाँको स्थानीय तहले बस पठाएको थियो।

यसरी आज धनगढीबाट ११८ जना गन्तव्यतर्फ लागेका छन्। उनीहरूलाई  खानाको व्यवस्था धनगढी उपमहानगरपालिकाले गरेको थियो।

त्यस्तै डोटीका सातजना, बाजुरा चार र अछामका एकजनाको भने उद्धार हुन सकेन। उनीहरूलाई धनगढीमै क्वारेन्टाइनमा राखिएको छ।

दिल्लीबाट ५२ दिनमा धनगढी आइपुगेका झापाका उत्तम सुवेदी घर जान पाउँदा अत्यन्त खुशी थिए। उनले बस उपलब्ध गराउने समाजसेवी र सामाजिक संघसंस्था र उद्धार तथा राहतका लागि समन्वय गर्ने स्थानीय प्रशासनलाई धन्यवाद दिए।

उनीहरूलाई धनगढी उपमहानगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष नारायण बराल, मारवाडी सेवा समितिका अध्यक्ष राजेन्द्र अग्रवाल, उपाध्यक्ष अनिल भुजानियाले बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्