बाँके। क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द गरिएको छ।
सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा संक्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार कोरोना संक्रमितको शव व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा गरिने तयारी भएको छ। उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख छ।
ती युवकलाई भारतको मुम्बईबाट ३० वैशाखमा बाँके आएलगत्तै सीधै क्वारेन्टाइनमा राखिएको थियो। नरैनापुर-५, मटेहिया भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका वडा नं ५ निवासी युवकले आज बिहान ४ बजेतिर दुईपटक वान्ता गरेलगत्तै अचानक मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
उनका अनुसार ती युवकसहित भारतबाट नेपाल प्रवेश गरेकाको पीसीआर परीक्षण गर्दा यसअघि नरैनापुर-८ मा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमित आठमध्ये तीनजना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनका थिए।
संक्रमितको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टाइनबाट हिजाे २६३ को स्वाब सङ्कलन गरिएको थियो। सङ्कलित स्वाबको पीसीआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएको थियो।
भेरी अस्पतालको आरटीपीसीआर यन्त्रमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत् सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले मृत्युको कारण पीसीआर रिपोर्ट पोजेटिभ भएकाले सोहीअनुसार अन्त्येष्टि गरिने बताए। पीसीआर रिपोर्ट नआउँदासम्म आज दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो।
क्वारेन्टाइनमा मृत्यु भएपछि नरैनापुरका बासिन्दा थप त्रसित बनेका छन्। उक्त क्वारेन्टाइनमा मृतकसँगै अन्य ३८ जनालाई राखिएको थियो।
बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का एक, वडा नं. ८ का २४ र नरैनापुरका ८ गरी ३३ कोरोना संक्रमित छन्।
तीमध्ये २५ जनाको बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा र आठजनाको दाङको अस्पतालमा उपचार भइरहेको छ। रासस
" /> बाँके। क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द गरिएको छ।सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा संक्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

">