‘अनर किलिङ’का नाममा पाकिस्तानमा दुई किशोरीको परिवारबाटै गोली हानी हत्या

काठमाडौं। पाकिस्ताको उत्तर–पश्चिमको एक गाउँमा दुई किशोरीको तथाकथित ‘अनर किलिङ’ (सम्मानका लागि हत्या) भएको छ। उनीहरूकै परिवारजनले गोली हानेर हत्या गरेको बताइएको छ।

उत्तर र दक्षिण वजिरिस्तानको आदिवासी जिल्लाको सिमानामा रहेको खायबर पखतुङ्ख्वा गाउँमा बिहीबार उक्त घटना भएको अनुमान गरिएको प्रहरी प्रतिवेदनलाई आधार बनाउँदै पाकिस्तानको दैनिक पत्रिका ‘डन’ले उल्लेख गरेको छ। उक्त गाउँमा अनुसन्धानका लागि प्रहरी पठाइएको छ।

एक युवा पुरुषसँगको बसेको सानो भिडिओ क्लिप्स मोबाइलमा भाइरल भएपछि उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ। १६ र १८ वर्षका ती किशोरीको हत्याको कारक मानिएको भिडिओ ‘डन’लाई प्राप्त भएको छ। ती युवा पुरुष आफैले घरबाहिरको एकान्त ठाउँमा तीन किशोरीसँग बसेको उक्त भिडिओ खिचेको देखिन्छ।

भिडिओ करिब एक वर्ष अगाडि खिचिएको र केही हप्ता अघि सामाजिक सञ्जालमा भाइरल भएको अनुमान गरिएको छ।

“तत्कालका लागि ती पुरुष र तेस्री किशोरीको जीवनको सुरक्षा सबैभन्दा पेचिलो बनेको छ”, एक प्रहरी अधिकारीले ‘डन’लाई बताएका छन्।

मानव अधिकारवादी संस्था ‘वाच’ ले महिला र किशोरीहरूमाथिको हिंसा पाकिस्तानको गम्भीर समस्या भएको बताएको छ।

मानव अधिकारकर्मीहरूले देशमा वर्षमा एक हजार जति तथाकथित ‘हनर किलिङ’ हत्या हुने गरेको विश्वास गर्छन्।

के हो ‘अनर किलिङ’?

यो परिवारका सदस्यले ‘इज्जत फालेको’ आरोपमा परिवारले नै गर्ने हत्या हो। वाचका अनुसार मुख्यतः तीन वटा घटनामा यस्तो हत्या हुने गरेको छ। एक, मागी विवाह गर्न अस्वीकार गरेमा। दुई, यौन हिंसा वा बलात्कारको पीडित भएमा। तीन, विवाहेत्तर यौन सम्पर्क भएको आरोप लागेमा।

तर यी भन्दा अन्य नगण्य कारणमापनि हत्या हुने गरेको छ। मनलागी पोशाक लगायो भनेर वा आज्ञाकारी भएन भनेर पनि हत्या हुने गरेको छ।

– बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्