कपिलवस्तु। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु वाणगंगाकी ६ वर्षीया बालिकाका अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ।
कपिलवस्तुबाट उपचारका लागि काठमाडौं पुर्याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको छ।
वाणगंगा-४, ठाकुरापुरकी कोरोना संक्रमित बालिकाका हजुरबुबा र हजुरआमाको काेभिड-१९ परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको जानकारी प्राप्त भएको वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले बताए।
बालिकाका हजुरबुबाले नातिनीको पुनः एकपटक परीक्षण गर्न अनुरोध गरेका छन्। उनले भने, “हामी शुरूदेखि एउटै कोठामा सँगै बसेका छौं तर, उसमा मात्र कसरी कोरोना पुष्टि भयो ?”
घाँटीको समस्या आएपछि बालिकालाई २७ वैशाखमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो।
त्यहाँ उपचारका क्रममा बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो। बालिकाको स्वास्थ्यवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
यसअघि अस्पतालका चिकित्सक र कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको थियो। रासस
" /> कपिलवस्तु। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु वाणगंगाकी ६ वर्षीया बालिकाका अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ।कपिलवस्तुबाट उपचारका लागि काठमाडौं पुर्याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको छ।

">