बर्दियाका काेराेना संक्रमित कालीमाटीका व्यवसायी
बर्दिया। कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौं, कालीमाटीका व्यवसायी भएको खुलेकाे छ।

जिल्ला सदरमुकाम गुलरिया नगरपालिका-११, लालपुरका स्थायी बासिन्दा उनी लकडाउनका बेला घर आएकाे र पाँच दिनअघि काठमाडौं फर्किएको स्थानीय प्रशासनले जनाएको छ।

काठमाडौंमा स्वाब परीक्षणपछि मात्र उनमा कोरोनाको संक्रमण भएको पुष्टि हो।

उनलाई कोरोना पुष्टि भएपछि लालपुर हिजाे दिउँसोदेखि बन्द गरिएको छ।

कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष २९ वैशाखमा लालपुरबाट ट्रक चढेर काठमाडौंं गएका थिए। उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं गएकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।

उनको सम्पर्कमा आएकाहरूको खोजी भइरहेको छ। संक्रमितका परिवारमा २२ जना छन्।

सबैको आज पीसीआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य प्रमुख गिरीले जानकारी दिए।

हिजाे दिउँसोदेखि लालपुरका कसैलाई पनि घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

बर्दियामा हालसम्म दुईजनामा कोरोना पुष्टि भइसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्