लकडाउनका बेला कैलालीमा मदिरा ओसारपसार
कैलाली। लकडाउनको समयमा कैलालीमा अवैधरूपमा मदिरा ओसारपसार गरेको पाइएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीले लकडाउनको समयमा अवैधरूपमा ओसारपसार गरिएका विभिन्न ब्राण्डका मदिराहरू बरामद् गरेकाे हाे।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले लकडाउनको समयमा मदिराजन्य पदार्थको ओसारपसारमा वृद्धि भएको बताए।

उनका अनुसार करीब ९३ हजार ५६२ रूपैयाँ बराबरकाे मदिरा बरामद् गरिएकाे हाे। यस्तै प्रहरीले १०० लिटर अवैध घरेलु मदिरा पनि बरामद् गरेकाे छ।

घरेलु मदिरा नष्ट गरिए पनि अन्य मदिरा भने राजश्व कार्यालय कैलालीमा बुझाइएको बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्