लकडाउनको अर्थ हो, जो जहाँ छ त्यहीँ बस्नु। सकेसम्म घरबाट ननिस्कनु। कोभिड-१९ को महामारी नफैलियोस् भनेर यसको अभ्यास गरिएको हो। कोभिड-१९ कै कारण दुई जनाको निधन भइसकेपछि यसबारे सचेतना बढ्नुपर्ने हो। तर, भक्तपुरको सुर्यविनायक क्षेत्रको दृश्यले त्यस्तो देखाउँदैन।

हुन त महानगरीय प्रहरी वृत जगातिका डिएसपी चक्रराज जोशी जगाति, सूर्यविनायक लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएर आवागमनमा कडाइ गरिएको बताउँछन्। तर भित्री बजारहरूमा बिहानबेलुकी सर्वसाधारणहरूको भीड लाग्ने गरेको पनि उनी स्वीकार गर्छन्। भन्छन्, “हामीले सम्झाएर सकेसम्म चाँडै घर फर्किन भन्छौँ, उहाँहरू यति किनेर गइहाल्छु भन्नुहुन्छ। अनावश्यक रुपमा भीड गर्न र सवारीसाधन गुड्न दिएका छैनौँ।”

त्यसो त भक्तपुरमा समेत दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पुष्टि भएसँगै लकडाउन थप कडा बनाउन कोशिस गरिरहेको सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा बताउँछन्।

“हामीले कोभिड-१९ पोजिटिभ नदेखिएपछि सामाजिक दुरी कायम गरी मानिसहरूलाई सामाजिक कार्यका लागि छुट दिएका थियौँ। बाहिरबाट आएका दुईजनामा कोभिड-१९ पोजिटिभ देखिएपछि लकडाउन कडा गर्ने निर्णय गरेका छौँ,” थापाले भने, “बजारमा भीड पहिलेभन्दा निकै कम भइसकेको छ। अहिले थोरै खुल्ला भएको हो। अब त्यसलाई पनि सिडिओ, मन्त्रालय, प्रहरीसँग साझेदारी गर्दै लकडाउन कडा रुपमा पालना गराउन थालेका छौँ।”

"> लकडाउन नै लज्जित छ भक्तपुरको सूर्यविनायकमा: Dekhapadhi
लकडाउन नै लज्जित छ भक्तपुरको सूर्यविनायकमा
भक्तपुर। कोही हेल्मेट नलगाई बाइक हुँइकाइरहेका छन् त कोही साइकल चढेर बेलुकीको चहलपहल हेर्न बाहिर निस्केका छन्। गीत घन्काउँदै साना गाडीहरू पनि गुडिरहेका छन्। सडकमा बाक्लो चहलपहल छ।

एउटै ठेला वरिपरि फलफुल किन्नेहरू झुम्मिएका छन्। विक्रेतासँग मोलमोलाइ गरिरहेका छन्। सटरवाला पसलहरू प्रायः बन्द छन्। त्यसैले सडक किनारमै प्लास्टिक र बोरामाथि तरकारी फिजाएर बेच्नेहरू चिच्याइरहेका छन् - ‘फर्सी किलोको २० रुपैँया, ताजा ताजा छानेर लैजानुहोस्।’

कोही कोहीले त प्लास्टिक माथि राखेर कुर्ताका पिस कपडा पनि बेचिरहेछन्।

यो दृश्य हो, भक्तपुर सूर्यविनायकको। हिजो-अस्तिको होइन। आजै बेलुकाको। बिहान र बेलुकी अत्यावश्यक सामग्री किन्नको लागि यो क्षेत्रमा लकडाउन केही खुकुलो पारिएको छ। तर यहाँ मानिसको चहलपहल सामान्य अवस्थाको झैं प्रतीत हुन्छ।

लकडाउनको अर्थ हो, जो जहाँ छ त्यहीँ बस्नु। सकेसम्म घरबाट ननिस्कनु। कोभिड-१९ को महामारी नफैलियोस् भनेर यसको अभ्यास गरिएको हो। कोभिड-१९ कै कारण दुई जनाको निधन भइसकेपछि यसबारे सचेतना बढ्नुपर्ने हो। तर, भक्तपुरको सुर्यविनायक क्षेत्रको दृश्यले त्यस्तो देखाउँदैन।

हुन त महानगरीय प्रहरी वृत जगातिका डिएसपी चक्रराज जोशी जगाति, सूर्यविनायक लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएर आवागमनमा कडाइ गरिएको बताउँछन्। तर भित्री बजारहरूमा बिहानबेलुकी सर्वसाधारणहरूको भीड लाग्ने गरेको पनि उनी स्वीकार गर्छन्। भन्छन्, “हामीले सम्झाएर सकेसम्म चाँडै घर फर्किन भन्छौँ, उहाँहरू यति किनेर गइहाल्छु भन्नुहुन्छ। अनावश्यक रुपमा भीड गर्न र सवारीसाधन गुड्न दिएका छैनौँ।”

त्यसो त भक्तपुरमा समेत दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पुष्टि भएसँगै लकडाउन थप कडा बनाउन कोशिस गरिरहेको सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा बताउँछन्।

“हामीले कोभिड-१९ पोजिटिभ नदेखिएपछि सामाजिक दुरी कायम गरी मानिसहरूलाई सामाजिक कार्यका लागि छुट दिएका थियौँ। बाहिरबाट आएका दुईजनामा कोभिड-१९ पोजिटिभ देखिएपछि लकडाउन कडा गर्ने निर्णय गरेका छौँ,” थापाले भने, “बजारमा भीड पहिलेभन्दा निकै कम भइसकेको छ। अहिले थोरै खुल्ला भएको हो। अब त्यसलाई पनि सिडिओ, मन्त्रालय, प्रहरीसँग साझेदारी गर्दै लकडाउन कडा रुपमा पालना गराउन थालेका छौँ।”

प्रतिक्रिया दिनुहोस्