भारतीय सिरियलमा नेपाली महिलालाई जोडेर तुच्छ गाली प्रयाेग गरेपछि नेपालमा विरोध
काठमाठौं। भारतीय एक सिरियलले नेपाली महिलालाई जोडेर तुच्छ गाली गरिएको भन्दै नेपालमा विरोध शुरू भएको छ।
बलिउड नायिका अनुष्का शर्मा निर्मात्री रहेको 'पाताल लोक' नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि तल्लो स्तरको शब्द प्रयोग गरिएको हो।
अमेजन प्राइम सिरिजमा यो कार्यक्रम प्रशारण भइरहेको छ। पहिलो सिजनको दोस्रो भागमा महिला प्रहरीले एक युवतीमाथि कुटपिट गर्दै तुच्छ गाली प्रयोग गरिएको छ। नेपाली महिलालाई लक्षित गरेर गरिएको गालीप्रति नेपालमा विरोध शुरू भएको हो।
उनले माफी मागेर भिडिओबाट उक्त दृश्य हटाउन भनेका छन्। उक्त भिडिओप्रति नेपाली सेलिब्रेटीहरूले समेत विरोध जनाउन थालेका छन्।
"कुन देशका छोरी बहादुर छन् भन्ने इतिहास साक्षी छ। हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्नेसँग सिक्नु छैन। यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर घरमा हिन्दी सिरियल हेर्ने भीड पनि होसमा आओस्।"
नायिका रेखा थापाले एकातिर जमिन अतिक्रमण गरेर नेपालको सार्वभौमिकतामाथि धावा बोलिरहेको अर्कोतिर बलिउड फिल्म र सिरियलमा नेपालीको मानमर्दन हुने गरेर प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाइन्।
'पाताल लोक'मा नेपाली महिलाको अस्मितामाथि प्रयोग गरिएको निच शब्दप्रति आपत्ति जनाउँदै उनले भारतीय सिरियल हेर्नेहरूलाई समेत सचेत रहन आग्रह गरेकी छन्।
उनले निर्माण पक्षलाई तत्काल माफी मागेर भिडिओ रेकर्डबाट हटाउनसमेत माग गरेकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, "कुन देशका छोरी बहादुर छन् भन्ने इतिहास साक्षी छ। हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्नेसँग सिक्नु छैन। यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर घरमा हिन्दी सिरियल हेर्ने भीड पनि होसमा आओस्।"
त्यस्तै अभिनेत्री करिष्मा मानन्धरले समेत नेपाली चेलीलाई गरिएको भद्दा गालीप्रति आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत् उनले आपत्ति जनाउँदै लेखेकी छन्,"हदैसम्मको तल्लो स्तरीय शब्द प्रयोग गरेर नेपालीहरूप्रति गरिएको यो हदैसम्मको हेपाइ प्रस्तुत गरेको सो सिरियल कला प्रस्तुतिको नाममा भद्दा उपहास हो, यसको घोर भर्त्सना गर्दछु।"
"अरूले आफ्ना चेलीबेटीलाई देशकै नाम लिएर तुच्छ गाली गर्दा साह्रै चित्त दुख्यो? मन पोल्यो? रगत उम्लेर आयो? आफ्नै भनाउँदाहरूबाट यस्ता गालीहरू मुख अगाडि, मुख पछाडि, सामाजिक सञ्जालमा, युट्युबमा वाल्छ्याल्ती नसुनेका, नदेखेका हौं र?"
जुनसुकै देशका लागि महिला भनेको जजनी भएको बताउँदै उनले लेखेकी छन्, "हरेक मुलुकका आमा, छोरी, बुहारी या कुनै पनि महिला जननी हुन्, के त्यो नेपाल आमा, अमेरिकी आमा, चाइनिज आमा या अन्य देशका आमा हुन्छ? आमा सिर्फ आमा हुन्छिन्।"
कुनै महिलाको हैसियतलाई तल गिराउँदा कुनै मुलुकको नाम जोडेर गाली गर्नुभन्दा पहिला तिनले आफ्नो हैसियत के हो भनेर आफैसँग प्रश्न गर्नुपर्ने उनको तर्क छ।
यो विषयमा भने अर्की नायिका केकी अधिकारीले फरक मतसहित विरोध गरेकी छन्। उनले आफ्ना भन्नेहरूले त आफ्ना चेलीबेटीलाई तुच्छ बोल्ने गरेको भन्दै अर्काको देशले त्यसरी गाली गर्दा साह्रै चित्त दुखेको बताइन्।
उनले फेसबुकमा लेखेकी छन्, "अरूले आफ्ना चेलीबेटीलाई देशकै नाम लिएर तुच्छ गाली गर्दा साह्रै चित्त दुख्यो? मन पोल्यो? रगत उम्लेर आयो? आफ्नै भनाउँदाहरूबाट यस्ता गालीहरू मुख अगाडि, मुख पछाडि, सामाजिक सञ्जालमा, युट्युबमा वाल्छ्याल्ती नसुनेका, नदेखेका हौं र?"
अगाडि लेखेकी छन्, "छातीमा हात राखेर भन्नुस् त हामीले आफ्नै देशका दिदिबहिनीलाई यस किसिमका अपहेलना कति गरेका छौं ? अनि हामी यो आशा गरिरहेका छौँ कि अरू चाहिँ बदलिउन्। तर, आफूलाई त जति पनि अधिकार छ महिलाको चरित्र हत्या गर्ने ? हैन ?"
भारतीय सिरियलमा जुन शब्द प्रयोग गरिएको छ, त्यो माफी योग्य नरहेको भन्दै उनले भनिन्, "तर, के हामी ठीक छौँ? एकपटक आफूले आफूलाई निसंकोच नियाल्ने कि ?"
प्रतिक्रिया दिनुहोस्