निजी अस्पतालले आरडीटी परीक्षण गर्न पाउने
काठमाडौं। निजी तथा सामुदायिक अस्पतालहरूले कोरोना भाइरसको आरडीटी परीक्षण गर्न पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुमति लिएर निजी तथा सामुदायिक अस्पतालहरूले आरडीटी परीक्षण गर्न पाउने भएका हुन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न निजी तथा सामुदायिक अस्पतालाई आरडीटी परीक्षण गर्न पाउनेगरी निर्देशिका जारी गरिएको बताए।

यसअघि निजी तथा सामुदायिक अस्पतालले परीक्षण गर्न पाउँदैनथिए।

परीक्षण उपत्यकाभित्र रहेका अस्पतालहरूले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरूले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

वक्ता देवकोटाका अनुसार निजी अस्पतालहरूले जनस्वास्थ्य प्रयोशालाले सार्वजनिक सूचीमा उल्लेख गरेका आरडीटी किटहरूको मात्रै प्रयोग गर्न पाउनेछन्।

परीक्षणपश्चात् दैनिक रूपमा अस्पतालहरूले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेश गर्नुपर्ने छ।

निजी तथा सामुदायिक अस्पतालहरूले आरडीटी परीक्षणबापत शुल्क लिन पाउनेछन्। किट खरिद गरेको मुल्यमा बढीमा २० प्रतिशत शुल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्