काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म देशैभर २८ हजार १६० नमूना पीसीआर विधिबाट परीक्षण भएको जनाएको छ।
मन्त्रालयका अनुसार आरडीटी किट विधिबाट ६७ हजार ७६९ नमूना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ४६९ पीसीआर २ हजार २० आरडीटीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
क्वारेन्टाइनमा आजसम्म देशैभर १८ हजार ३५७ जना रहेका छन्। तीमध्ये प्रदेश १ मा ९४७, प्रदेश २ मा २ हजार ६१३, बाग्मतीमा २२७, गण्डकीमा ३६०, प्रदेश ५ मा ११ हजार ९४८, कर्णालीमा ६३४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६२८ क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेसनमा ३४६ जना रहेका छन्। संक्रमित र सम्भावित संक्रमितमध्ये उपत्यकामा ३५ जना र उपत्यकाबाहिर ३११ जना आइसोलेसनमा छन्।
तीमध्ये प्रदेश १ मा २४, प्रदेश २ मा १२२, बाग्मतीमा ७१, गण्डकीमा १, प्रदेश ५ मा ११७ र सुदूरपश्चिममा ११ जना रहेका छन्।
३९ हजार ५९८ ले स्वमूल्यांकन फारम भरेका छन्। अहिलेसम्म ३८२ जना रेडजोनमा रहेका छन्।
नेपालमा हालसम्म संक्रमितको संख्या २९१ रहेको छ। दुई जनाको मृत्यु भइसकेको छ भने ३६ जना डिस्चार्ज भइसकेका छन्।
अहिलेसम्म प्रदेश १ मा ३६, २ मा १२१, बाग्मतीमा १७, गण्डकीमा ३, प्रदेश ५ मा १०९ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।
कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन्। मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमण फैलिएको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म देशैभर २८ हजार १६० नमूना पीसीआर विधिबाट परीक्षण भएको जनाएको छ।मन्त्रालयका अनुसार आरडीटी किट विधिबाट ६७ हजार ७६९ नमूना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ४६९ पीसीआर २ हजार २० आरडीटीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

">