काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९ की २९ वर्षीया महिलाको १२ दिने शिशुमा जण्डिस देखा परेको छ।
धुलिखेल अस्पतालको आइसोलेसन कक्षमा रहेका ती शिशुलाई जण्डिस देखिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताए।
“नवजात शिशुमा सामान्यतया जण्डिस देखा पर्न सक्छ। यी शिशुमा पनि देखा परेको छ,” उनले भने, “शिशु महीना नपुगेरै जन्मिएको हुनाले पनि यसमा झन अलि देखा पर्न सक्छ।”
प्रवक्ता ताम्राकारले बालरोग विशेषज्ञहरूले पनि शिशुको स्वास्थ्य अवस्थाका बारेमा हेरिरहेको जानकारी दिए।
२४ वैशाखमा मृतक महिलाले नर्मल डेलिभरीबाट शिशुलाई जन्म दिएकी थिइन्।
१ जेठ राति धुलिखेल अस्पतालमा महिलाको मृत्यु भएपछि उनका श्रीमान र शिशुलाई आइसोलेसनमा राखिएको थियो।
त्यस्तै, घरमा रहेका अन्य तीनजना सदस्यलाई पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
धुलिखेल अस्पतालले १२ दिने शिशुसहितका परिवारका सदस्यहरूको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षण गरिहेको छ।
उनीहरूको नतिजा आउन बाँकी छ।
" /> काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९ की २९ वर्षीया महिलाको १२ दिने शिशुमा जण्डिस देखा परेको छ।धुलिखेल अस्पतालको आइसोलेसन कक्षमा रहेका ती शिशुलाई जण्डिस देखिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताए।

">