काठमाडौं। राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर महाशाखा प्रमुख, एसएसपी भीमप्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरे।
आयोगले २० हजार थान मास्क, २० लिटर स्यानिटाइजर र साबुनलगायतका अन्य सामग्री हस्तान्तरण गरेको हो।
सहयोग सानो भएपनि नागरिकको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरूको हौसला बढाउन स्वास्थ्य सामग्री उपलब्ध गराइएको उनले बताए।
स्वास्थ्य सामग्री ग्रहणपछि महाशाखा प्रमुख ढकालले विश्वमहामारीको रूपमा फैलिएको कारोनाले नेपालमा पनि आतंक भइरहेको अवस्थामा सुरक्षाकर्मीहरूको जिम्मेवारी बढ्दै गएको बताए।
दिनभरी सडकमा खटिने ट्राफिक प्रहरी धरै मानिसहरूसँग सम्पर्कमा हुने भएकाले जोखिम रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सामग्रीहरूको आवश्यकता बढी हुने गरेको बताए।
नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। आज दिउँसो १ बजेसम्मको तथ्याङ्क अनुसार नेपालमा २९१ जनामा संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर महाशाखा प्रमुख, एसएसपी भीमप्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरे।

">