काठमाडौं। चीनबाट नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एअरलाइन्सको वाइडबडी विमान भोलि राति चीन जाने भएको छ।
भन्सार प्रक्रिया पूरा गरेर पहिलो चरणको सामान तयार भएपछि वाइडबडी चीनको ग्वान्झाओ प्रस्थान गर्न लागेको नेपाली सेनाले जनाएको छ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता, राजकुमार श्रेत्रीले पनि भोलि राति वाइडबडी चीनको ग्वान्झाओ प्रस्थान गर्न लागेको पुष्टि गरे।
उनका अनुसार भोलि राति १० बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान प्रस्थान गर्नेछ। र, पर्सि बिहान ६ बजेर ३० मिनेटमा काठमाडौं आइपुग्ने बताइएको छ।
पीसीआर परीक्षणका लागि चाहिने किट, पीपीई, एन९५ मास्क, पञ्जालगायतका अत्यावश्यक सामान पहिलो चरणमा विमानले ल्याउने छ। यसअघि हिजो मात्रै सडकमार्गबाट आएको सामान पनि काठमाडौं पुगेको छ।
ओम्नी विजनेश कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता रद्द गरेर सरकारले १६ चैत्रमा स्वास्थ्य सामग्री खरिद गर्न जिम्मा नेपाली सेनालाई दिएको थियो।
सेनाले जीटूजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि दुई अर्ब २५ करोड रूपैयाँ बढीको सम्झौता गरेको थियो। सेनाले ६७ प्रकारका ३४३ टन स्वास्थ्य सामग्री खरिद गरेको हो।
" /> काठमाडौं। चीनबाट नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एअरलाइन्सको वाइडबडी विमान भोलि राति चीन जाने भएको छ।भन्सार प्रक्रिया पूरा गरेर पहिलो चरणको सामान तयार भएपछि वाइडबडी चीनको ग्वान्झाओ प्रस्थान गर्न लागेको नेपाली सेनाले जनाएको छ।

">