ब्राण्डले राफेल गुएरेरो र थोर्गान हाजार्डको गोलमा अवसर सिर्जना गरिदिएका थिए। गुएरेरोले दुई गोल गरे। ८० हजार दर्शक क्षमता भएको सिगनल इडुना पार्क रंगशलामा दक्षिणी भागको ‘यल्लो वाल’मा समान्यतया २५ हजार डर्टमण्डका खाट्टी समर्थक बस्छन्। त्यही भाग अगाडि हाजार्ड एक्लैले गोलका खुशी मनाए।
‘‘गोलमा खुशी नमनाएको तपाईंले पनि देख्नुभयो। खेलाडीहरू स्वयंलाई पनि यसमा अनौठो महसुस गरे’’, डर्टमण्डका टीम व्यवस्थापक सेबास्टिन केलले भने।
साल्केमाथिको सहज जितसँगै दोस्रो स्थानको डर्टमण्डले शीर्ष क्लब बायर्न म्युनिखसँगको अंक भिन्नता एक अंकमा झारेको छ। डर्टमण्डले २६ खेलबाट ५४ अंक जोडेको छ। बायर्नले आज युनियन बर्लिनविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
साल्के बुन्डेसलिगामा पाँच खेलाडी परिवर्तन गर्ने पहिलो टीम बन्यो। महामारीको कारण लामो समय खेल रोकिँदा पाँच खेलाडी परिवर्तन गर्न पाउने नयाँ नियम बनाइएको थियो। यसअघि तीन खेलाडीमा मात्र परिवर्तन गर्न पाउँथ्यो। पाँच खेलाडी परिवर्तन गरे पनि साल्केले गोल अन्तर कम गर्न सकेन। खेल सकिएपछि डर्टमण्डका खेलाडीले त्यही दक्षिणी भागमा रहेको खाली ‘यल्लो वाल’ तर्फ फर्किएर खुशी प्रकट गरे।
‘‘घरमा बसेर हेर्ने दर्शकको सम्मानमा हामीले त्यस्तो गरेको हो’’, केलले भने।
खेलअघिको अन्तर्वार्तामा दूरी कायम राख्नका लागि माइक्रोफोनमा लामो स्ट्याण्डको प्रयोग गरिएको थियो।
‘‘यो एकदम अहिलेको वास्तविकता हो’’, डर्टमण्डको कार्यकारी प्रमुख हान्स जोचिम वाट्जकेले स्काई टिभीसँग भने, ‘‘पछिल्लो दुई घण्टामा मैले विश्वभरबाट सन्देश प्राप्त गरेको छु। सबैले हेरिरहेका छन्।’’
ढिला गरी सम्पन्न खेलमा इन्ट्रचट फ्रांकफर्टमाथि ३-१ को नतिजा निकालेको बोरुसिया मोन्चेनग्लाडबच तेस्रो स्थानमा उक्लिएको छ। हेर्था बर्लिनले पनि होफिनहेइमलाई ३-० ले पराजित गर्यो। यससँगै हेर्था बर्लिनका प्रशिक्षक ब्रुनो लब्बाडियाले आफ्नो कार्यकाल सुखद् शुरूआत गरे।
फ्रेइबर्गसँग १-१ को बराबरी खेलेपछि तेस्रो स्थानको आरबी लिपजिग एक स्थान तल झरेको छ। अन्तिम मिनेमा फ्रेइबर्गले गरेको गोल भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएपछि लिपजिग एक अंक लिन सफल भएको थियो।
उल्फसबर्गले औसबर्गलाई २-१ ले पराजित गर्यो। क्वारेन्टाइनको नियम उल्लङ्घन गरेका कारण औसबर्गका मुख्य प्रशिक्षक हाइको हार्लिचले हिजाेकाे खेल गुमाए। अब दुईपटकको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र उनी टीममा सामेल हुन पाउनेछन्।

हेथौ बर्लिनका खेलाडीमात्र गोल गरेपछि खुशी मनाउँदा नियम तोडे। तथापि जर्मन फुटबल लिगले गोलको खुशी मनाउँदा खेलाडीलाई कारबाही नहुने बताइसकेको छ।
‘‘गोल गरेपछि खुशी मनाउनु फुटबलको एक अंग हो। हामी नयाँ नियममा अभ्यस्त भइसकेका छैंनौं त्यसकारण यसलाई समान्य रूपमा लिनुपर्छ’’, आफ्नो खेलाडीको बचाउ गर्दै हेर्था बर्लिनका प्रशिक्षक लब्बाडियाले भने।
रंगशालामा ३०० भन्दा कम संख्यामा मानिसहरू थिए। दर्शकविनाको फुटबल हुन नसक्ने भन्दै आलोचना गर्ने समर्थकहरूको जर्मनीमा कमी छैन। त्यो संख्या पनि बढ्दो छ।
‘‘दर्शकविनाको फुटबल केही होइन’’, ७ मेमा फुटबल शुरू गर्ने निर्णय गरेपछि बायर्न म्युनिखको समर्थकहरूको समूहले निकालेको विज्ञप्तिमा भनिएको छ। त्यस्तै कोलोनका समर्थकले पनि व्यक्तिको स्वास्थ्यभन्दा पौसालाई प्राथमिकता दिएको आरोप लागए।
कोभिड-१९ महामारीका कारण दुई महीनापछि हिजाे बुन्डेसलिगा शुरू हुँदा जियो रेयना पहिलो व्यवसायिक फुटबल खेल खेल्ने तरखरमा थिए। तर, १७ वर्षे अमेरिकाका रेयना साल्केविरुद्धको खेलअघि वार्मअप गर्ने क्रममा घाइते भए। - एपी
" />

">