इजरायलका लागि चिनियाँ राजदूत मृत फेला <p>काठमाडौं। इजरायली मिडियालाई उद्धृत गर्दै बीबीसीले इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृत फेला परेको जनाएको छ।</p> <p>५८ वर्षीय राजदूत तेलअभिवस्थित आफ्नै निवासको विस्तारामा मृत फेला परेको र मृत्युको कारण खुलिनसकेको बताइएको छ।</p> <p>यसअघि युक्रेनका लागि चिनियाँ राजदूत रहेका वेई गत फेब्रुअरीमा मात्रै इजरायलका लागि राजदूत नियुक्त भएका थिए। उनी विवाहित छन् र उनका एक छोरा छन्।</p> <p>तर, श्रीमती र छोरा भने इजरायलमा नभएको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्