प्रेस लेखेको मोटरसाइकलमा सवार दुईजना पेस्तोल तथा गोलीसहित पक्राउ

काठमाडौं। प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका-३, विश्वनाथ टोलबाट प्रेस लेखेको मोटरसाइकलमा सवार दुईजनालाई हतियारसहित पक्राउ गरेकाे छ।

पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय मदन साह कानु र भारतको सितामढी बस्ने १९ वर्षीय अनिष साह रहेका छन्।

उनीहरूकाे साथबाट दुई थान पेस्तोल, ६ राउण्ड गोली र एकथान म्यागजिन बरामद् गरिएकाे प्रहरीकाे भनाइ छ।

प्रेस लेखेको बीआर ३० एम ६७८७ नम्बरको मोटरसाइकलसहित अपरिचित व्यक्तिहरू लुकीछिपी बसेको भन्ने खबर पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्