काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा स्वास्थ्यकर्मीको टोलीमाथि दुर्व्यवहार गर्ने युवकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई पक्राउ गरिएको जानकारी दिए।
उनलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ। कार्यालयकै कामले काठमाडौं आइरहेका निर्देशक कार्कीलाई नागढुंगामा रोकेर खानतलासी र अभद्र व्यवहार गरिएको थियो।
साथै ती युवकले सामाजिक सञ्जाल फेसबुकमासमेत लाइभ गरेर पोष्ट गरेका थिए। यो घटनाको चौतर्फी विरोध भएको थियो। स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई पक्राउ गरेर कानूनी कारबाही गर्न माग भइरहेको थियो।
" /> काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा स्वास्थ्यकर्मीको टोलीमाथि दुर्व्यवहार गर्ने युवकलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई पक्राउ गरिएको जानकारी दिए।

">