मृतकका श्रीमान भन्छन्- ‘कोरोनाबाट जोगिने हर उपाय अपनाएका थियौं, सायद अस्पतालबाटै सर्‍यो’
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षिया महिलाका श्रीमानले उनलाई त्रिवि शिक्षण अस्पतालबाटै कोरोना संक्रमण भएको हुनसक्ने बताएका छन्।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा-९, राम्चे स्थायी ठेगाना भएका उनीहरू काठमाडौंको गोंगबुमा  डेरामा बस्दै आएका थिए। श्रीमती गोगंबुमै तरकारी पसल गर्दै आएकी थिइन।
श्रीमान गरूड सेक्युरेटी कम्पनीमार्फत् एक रेष्टुरेन्टमा सेक्युरेटी गार्डको काम गर्थे। साथमा उनीहरूको ११ वर्षका छोरा पनि थिए।
“लकडाउन भएयता उनी घरबाट बाहिर निस्केकी थिइनन्। गर्भवती महिलालाई कोरोना संक्रमणको डर धेरै हुने सुनेका थियौं। सचेत भएर घरमै बसेका थियौं”,उनले कोरोना संक्रमणबाट बच्नको लागि अपनाएको सुरक्षाबारे बताए।
उनी भने ३० चैतसम्म बाहिर निस्किएका थिए। “सेक्युरिटी गार्डको परिचयपत्र देखाएर ३० चैतसम्म रेष्टुरेन्टमा ड्युटी गर्न गएको थिएँ। त्यसपछि ड्युटी पनि जान छाडेको थिएँ। हामी घरबाट बाहिर निस्केकै थिएनौं”, उनले भने।
डाक्टरले जेठको अन्तिम साताका लागि उनकी श्रीमतिको डेलिभरीको मिति दिएका थिए। तर, चाँडै सुत्केरी व्यथा लाग्यो।
उनीहरू गोगंबुबाट हिडेरै त्रिवि शिक्षण अस्पताल पुगेका थिए। २३ वैशाखमा अस्पताल पुगेकी उनकी श्रीमतिले २४ वैशाख बिहान छोरा जन्माइन्। नर्मल अवस्थामै डेलिभरी भएको थियो।
बच्चाको स्वास्थ्य पनि राम्रो थियो। सुत्केरी भएपछि उनकी श्रीमतिलाई अस्पतालले जनरल वार्डमा सारिदियो। त्यहाँ अरू सुत्केरी महिला र तिनका कुरूवाहरू पनि थिए।
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रबाट विरामी लिएर काठमाडौं आएको एम्बुलेन्समा उनीहरू शिक्षण अस्पतालबाट बाह्रबिसेसम्म गए। त्यहाँबाट बलेरो गाडी रिजर्भ गरेर राम्चे पुगेको उनले बताए।
३१ वैशाखसम्म उनको स्वास्थ्यमा खासै समस्या देखिएको थिएन। ३१ बैशाखको राती उनलाई ज्वरो आयो र श्वास प्रश्वासमा समस्या देखियो। उनी भन्छन्, “बिहान बलेरो गाडी बोलाएर बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र गएका थियौं।”
बाह्रविसेमा उनको स्वास्थ्य जाँच गरियो। छातिको एक्स-रे गरियो। कोरोनाको आरडिटी परिक्षण पनि भयो। तर, कोरोना पोजिटिभ भने देखिएको थिएन। “कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हामीले धुलिखेल वा काठमाडौं लैजान भनेका थियौं”, स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत डा. निशान्ता शर्माले भनिन्।
“बाह्रबिसेमा एक्स-रे गरेपछि फोक्सोमा खराबी छ भनेका थिए। ग्याँस्ट्रिकको औषधी भनेर नशाबाट औषधी पनि दिएका थिए”, बाह्रविसेमा भएको उपचार सुनाउँदै उनले भने, “त्यसपछि हामीलाई कोरोनाको परीक्षण गर्नुपर्छ धुलिखेल वा काठमाडौं लैजानु भन्नुभएको थियो।”
उनीहरू बाह्रविसेसम्मको लागि मात्रै तयारी गरेर आएका थिए। काठमाडौं आउने तयारी गर्न उनीहरू त्यहाँबाट राम्चेस्थित घरमै फर्किए।
“स्वास्थ्य केन्द्रको एम्बुलेन्स पनि अन्तै गएको रहेछ। हामी बलेरोमै घर फर्कियौं। अरू तयारी गरेर काठमाडौं आउने योजना थियो। स्वास्थ्यचौकीले साँझ मात्रै एम्बुलेन्स पठाइदियो।”
१ जेठको साँझ ७ बजेतिर बाह्रविसेबाट उनीहरु धुलिखेलका लागि हिडेका थिए। साथमा आएका थिए उनकी आमा र बहिनी पनि। ११ वर्षको छोरो भने घरमै छोडियो। धुलिखेल आउँदै गर्दा एम्बुलेन्समै उनकी श्रीमतीलाई असाध्यै गाह्रो भएको उनले सुनाए।
“बाटोमा उनलाई गाह्रो भएको थियो। एम्बुलेन्सबाट झार्ने बेलासम्म त झन धेरै गाह्रो भइसकेको थियो। अस्पतालमा डाक्टरले धेरै प्रयास गनुभयो तर, अन्तिममा बचाउन सकेनौ भन्नुभयो”, धुलिखेल अस्पतालको पीडादायी क्षण सुनाए उनले।
१ जेठको राति उनले श्रीमती गुमाए। नौ दिनको नवजात शिशुले न्यानो काख गुमायो। आमा पर्खिएर घरमै बसेको ११ वर्षीय छोरो टुहुरो भयो।
उपचार गराउन सँगै आएकी सासुले कान्छी बुहारीलाई साथमै लिएर घर फर्कन पाइनन्। धुलिखेल अस्पतालमा अन्तिम सास फेरेकी उनको नाम नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने पहिलो व्यक्तिको रूपमा दर्ज भयो।
प्रतिक्रिया दिनुहोस्