कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको ११ दिने शिशुसहित परिवार नै आइसोलेसनमा
काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाकी २९ वर्षीया महिलाको १२ दिने शिशुसहित परिवारका सदस्यहरूलाई आइसोलेसनमा राखिएको छ।

१२ दिने शिशु, मृतकका श्रीमान, आमा र बहिनीलाई अस्पतालको आइसोलेसनमा राखिएको धुलिखेल अस्पतालका प्रमुख डा. रमेशमकाजु श्रेष्ठले जानकारी दिए।

“हामीले उहाँहरू सबैको स्वाब नमूना संकलन गरेर परीक्षण गर्दैछौं”, उनले भने,“रिपोर्ट आएपछि उनीहरूमा संक्रमण छ वा छैन यकिन हुन्छ।”

उनीहरू अस्तिदेखि नै अस्पतालमा रहेका छन्।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९, राम्चेकी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारणले उनको मृत्यु भएको पुष्टि गरिसकेको छ।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु भएको यो पहिलो घटना हो।

काठमाडौं नै बस्ने ती महिला सुत्केरी व्यथा लागेपछि २३ वैशाखमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी थिईन्। उनको २४ वैशाखमा 'नर्मल डेलिभरी' भएको थियो।

प्रतिक्रिया दिनुहोस्