बाँकेमा मुम्बईबाट आएका युवकको क्वारेन्टाइनमा मृत्यु, स्वाब परीक्षण हुँदै
काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकामा रहेको एक क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ।

आज बिहान स्वास्थ्य अवस्था असामान्य बनेपछि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरवहादुर ओलीले देखापढीलाई बताए।

उनको मृत्युको कारण खुलेको छैन। भारतको मुम्बईबाट आएका उनलाई ३० वैशाखमा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो।

हिजो, ३ जेठ साँझ नै उनको स्वाबको नमूना संकलन गरिएको थियो। त्यसको रिपोर्ट आइसकेको छैन।

एसपी ओलीले रिपोर्ट आइनसकि अहिले नै मृत्युको यकिन कारण भन्न नसकिने बताए।

त्यहाँ अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित भएका छन्।

ती युवकलाई राति देखि नै समस्या देखिन थालेको थियो।

एकैदिन आठ संक्रमित भेटिएको नरैनापुरमा संक्रमितको सम्पर्कमा आएका २६३ जनाको हिजो स्वाब संकलन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्