पाँच दिनअघि भारतबाट आएका थिए रौतहटका १० जना संक्रमित
काठमाडौं। रौतहटमा आज कोभिड-१९ पुष्टि भएका दशजना नै पाँच दिनअघि भारतको महाराष्ट्रका विभिन्न शहरबाट नेपाल आएको खुलेको छ।

उनीहरू लकडाउनकै समयमा सीमा क्षेत्रमा आएका थिए। राजपुर नगरपालिकाका मेयर मोहमद सकिल अख्तका अनुसार उनीहरू दशजना नै मुम्बई, गुजरात लगायतका शहरबाट आएको खुलेको छ।

सीमामै उनीहरूको थ्रोट स्वाब नमूना संकलन गरी काठमाडौं परीक्षणको लागि ल्याइएको थियो। र, सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको थियो।

मेयर सकिलका अनुसार नाकाबाट सोझै उनीहरूलाई रौतहटको इशानाथ, परोहा र राजपुरमा रहेको क्वारेन्टाइनमा राखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा-९ का सातजना र इशनाथ नगरपालिका-३ र ५ का तीनजनामा कोभिड-१९ पुष्टि भएको हो।

यो सहित रौतहटमा संक्रमितको संख्या १३ पुगेको छ। यसअघि तीनजना संक्रमित पुष्टि भइसकेका छन्। ती मध्ये एकजना निको भएर घर फर्किसकेका छन्।

आज बिहान सवा ७ बजे अद्यावधिक गरिएको विवरण अनुसार राजपुर नगरपालिका फरहदवा-९ का १८, ३२, ३६, ३९ (दुईजना) ४२, ४८ वर्षका पुरुष छन्।

त्यस्तै रौतहटका इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा पनि संक्रमण पाइएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको नतिजा पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

कोरोना संक्रमणबाट हिजो सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको छ। कोभिड–१९ बाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्।

नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ। अहिलेसम्म ३६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्