कोशी, कन्काई र सहायक नदीमा बाढीको सम्भावना <p>काठमाडौं। कन्काई, कोशी र सहायक नदीमा पानीको बहाव बढ्न सक्ने भएकोले सतर्क रहन नेपाल बाढी सूचनाले अनुरोध गरेको छ।</p> <p>आज अपरान्हपछि प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा पानी पर्ने र भोलि र पर्सि पनि यी प्रदेशका केही स्थानहरूमा हल्का पानी पर्ने सम्भावना रहेको बताइएको छ।</p> <p>वर्षातको सम्भावनासँगै नदी तटीय क्षेत्रमा सामान्य सतर्कताका साथ रहन सचेत गराइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्