संक्रमित युवक भेटिएपछि सिरहाको मौवाही 'सिल'
सिरहा। कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका-१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई हिजो साँझबाट 'सिल' गरिएको छ ।

सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा कोभिड-१९ देखिएपछि संक्रमण थप फैलन नदिन सो वडालाई 'सिल' गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले बताए।

"अत्यावश्यक कामबाहेक कसैलाई पनि बस्तीबाहिर जान र आउन नदिन 'सिल' गरेका छौं", प्रजिअ गुरागार्इँले भने।

संक्रमित युवकलाई सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

युवकको सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको र 'कन्ट्याक्ट ट्रेसिङ' शुरू गरिएको छ।

गत २८ फागुनमा मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। रासस

प्रतिक्रिया दिनुहोस्