रौतहटमा थप १० जनामा कोरोना संक्रमण, नेपालभर २९१ पुगे संक्रमित

काठमाडौं। नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

संक्रमित भेटिएकाहरू सबै रौतहटका छन्।

योसँगै नेपालभर कूल संक्रमितको संख्या २९१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा-९ का सातजना र इशनाथ नगरपालिका-३ र ५ का तीनजनामा कोभिड-१९ पुष्टि भएको हो।

आज बिहान सवा ७ बजे अद्यावधिक गरिएको विवरण अनुसार राजपुर नगरपालिका फरहदवा-९ का १८, ३२, ३६, ३९ (दुईजना) ४२, ४८ वर्षका पुरुष छन्।

त्यस्तै रौतहटका इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा पनि संक्रमण पाइएको छ।

टेकुस्थित राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको नतिजा पोजिटिभ आएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट हिजो सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको छ। कोभिड-१९ बाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्।

मन्त्रालयका अनुसार अहिलेसम्म निको हुने ३६ जना छन्।

प्रतिक्रिया दिनुहोस्